
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर चर्किएको विवादबारे प्रतिक्रिया जनाएका छन् । बोर्डले ल्याएको सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्छ भन्ने नियम लागू हुन नसक्दा पछिल्लो परिस्थिति आएको उनको दाबी छ ।
‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद समावेश भएपछि फिल्म ‘आदिपुरुष’लाई लिएर नेपालमा टिकाटिप्पणी भइरहेको छ । यसबारे औपचारिक प्रतिक्रिया गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष केसीले भने, ‘बोर्डले गरेको निर्णय आत्मसात भएको भए आज यो दिन आउने थिएन ।’
पछिल्लो परिस्थितिप्रतिको जिम्मेवारी विदेशी फिल्मको वकालत गर्नुपर्नेले लिनुपर्ने केसीको टिप्पणी छ । उनी भन्छन्, ‘यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताकै प्रमुख हात छ । यस प्रकारको घटनाले भोलि हल सञ्चालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ? तसर्थ बोर्डले गरेको निर्णय आत्मसात गरेको भए आज यो दिन आउने नै थिएन ।’
तीन दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियमको पनि विरोध भइरहेको भुवनको भनाइ छ ।
प्रतिक्रिया 4