+
+

सरोज खनालको डेब्यु निर्देशन फिल्म ‘बगान’ असार २९ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते ११:२०

काठमाडौं । पाका अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै असार २९ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् । यसअघि यो फिल्म फागुन १२ मा आउने तयारीमा थियो ।

करिश्मा मानन्धरका पति विनोद मानन्धर कार्यकारी निर्माता रहेको यो फिल्ममा सरोजसँगै करिश्मा, प्रमिला कार्की, नीर शाह, मिथिला शर्मा र बसुन्धरा भुसालको शीर्ष भूमिका छ । फिल्ममा नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।

फिल्मले विधवा महिलाको कथावस्तु पेश गरिएको छ । विधवा महिलाको पुनर्विवाहको मुद्दा यसले प्रस्तुत गरेको छ । फिल्मबारे कुरा गर्दै निर्देशक तथा अभिनेता खनालले अल्पआयुमै श्रीमतीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन बिताउन जीवन साथीको खाँचो हुन्छ भने महिलालाई पनि यस्तै आवश्यकता पर्ने बताए । उनले विदुर पिता मात्र नभएर विधवा महिलाले पनि पुनर्विवाह गर्नुपर्छ भन्ने सन्देश फिल्मले दिने बताए ।

उक्त मितिमा अर्को फिल्म ‘बद्रीबहादुर’ पनि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?