+
+

दोस्रो वर्षको नतिजा हेर्न एसएमएस गर्दा पहिलो वर्षको अर्कै विद्यार्थीको नतिजा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १२:३५

१ असार, काठमाडौं । त्रिभुवन परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) को दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा विद्यार्थी समस्यामा परेका छन् ।

कार्यालयले बिहीबार नतिजा प्रकाशित गरिएपछि विद्यार्थीले नतिजा हेर्नको लागि ३३६२४ मा आफ्नो सिम्बोल नम्बर राखेर एसएमएस गर्दा पहिलो वर्षको अर्को परीक्षार्थीको नतिजा देखाइरहेको विद्यार्थीले बताएका छन् ।

विद्यार्थी विष्णु पौडेल भन्छन्, ‘त्रिविको लापरबाहीले पनि हद नाघ्यो हिजै यस्तो समस्या भईरहेको छ भनेर खबर गरेको अहिलेसम्म अपडेड गरिएको छैन ।’

नतिजा आएको सूचना पाएपछि एसएमएस गरेर नतिजा हेर्न खोज्दा रमेश कार्कीको पहिलो वर्षको नतिजा देखाएको उनले बताए । यस्तो समस्या देखिएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा फोन गरेर जानकारी गराउँदा समेत अहिलेसम्म सम्बोधन नभएको उनले बताए ।

अर्का विद्यार्थी विवे राज ओझाले पनि आफ्नो नतिजा हेर्नको लागि एसएमएस गर्दा विन्दिया नाम गरेको विद्यार्थीको पहिलो वर्षको नतिजा आएको बताए ।

उनी भन्छन् ‘यो त साह्रै लापरबाही भएन भनेको ? करिब एक वर्षपछि नतिजा निकालेको छ अझै अनलाइन अपडेट छैन ।’

त्रिवि पनिकाले एमपीए दोस्रो वर्षको परीक्षा २०७९ साल भदौ–असोजमा सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?