
काठमाडौं । आगामी भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ । सम्बन्धको कथावस्तुमा आधारित यो फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण खुलासा गरेको छ ।
टिजरका अनुसार फिल्ममा गौरव पहारी र नम्रता सापकोटाले ‘लभ इन्ट्रेस्ट’को चरित्र निर्वाह गरेका छन् । सरोज खनालले गाउँले मुखियाको भूमिका निर्वाह गरेका छन् । टिजरमा सुनको इतिहास उल्लेख भए पनि यसबारे कुनै चित्रण छैन । बुद्धि तामाङले पत्नी हराएपछि खोज्न गरेको संघर्ष प्रस्तुत गरिएको छ ।
फिल्ममा किरण नेपाली खलपात्र र राजाराम पौडेल सहायक भूमिकामा छन् । नारायण खातीको प्रस्तुति रहेको फिल्ममा सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय छ । सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् । फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन् ।
प्रतिक्रिया 4