१ असार, काठमाडौं । यो वर्ष ट्रेबल उपाधि जितेको म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक एन्जो मारेस्का लेस्टर सिटीको प्रशिक्षक नियुक्त भएका छन् ।
इटालियन पूर्व खेलाडी समेत रहेका ४३ वर्षीय उनलाई शुक्रबारबाट नै लागु हुने गरी प्रशिक्षक बनाएको लेस्टर सिटीले जानकारी दिएको हो ।
सिटीले च्याम्पियन्स लिग जितेको ६ दिनपछि उनको नाम अर्को क्लबसँग जोडिएको हो । उनले लेस्टरका अन्तरिम प्रशिक्षक डिन स्मिथलाई प्रतिस्थापन गरेका हुन् ।
स्मिथको प्रशिक्षणमा फक्सले राम्रो सफलता हात पार्न सकेको थिएन । उनको प्रशिक्षणमा टिमले प्रिमियर कपको आठ खेलमा जम्मा २ जित मात्र हात पारेको थियो ।
स्मिथले चार वर्ष काम गरेका ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेपछि क्लबको जिम्मेवारी सम्हालेका थिए ।
मारेस्का किङ पावर स्टेडियममा सरेपछि पेप ग्वार्डिओलाको ब्याकरुम टोलीको भने एक ठूलो भाग उनीबाट छुटेको छ ।
सन् २०१५–१६ को प्रिमियर लिग तथा सन् २०२०–२१ को विजेता लेस्टर सिटी पछिल्लो सिजनमा घटुवा भएर च्याम्पियनसिपमा झरेको छ ।
प्रतिक्रिया 4