+
+

ओलीको कटाक्ष : लिभिङ टुगेदर चलेकै छ त, समाजवादी मोर्चा किन चाहियो ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते १४:३८

२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सँगसँगै रहेका दलहरुले समाजवादी मोर्चा बनाइरहनुको अर्थ नहुने बताएका हुन् ।

‘समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ?’ ओलीले प्रश्न गरे ।

उनले यस्ता मोर्चाको आस वास्ता गरिरहनुनपर्ने भन्दै २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

‘यो चारतिर फर्केका, चारतिरका गलत गलत फरक फरक उद्देश्य बोकेका त्यस्ता तत्व एक ठाउँमा जम्मा भएर शराष्ट्रिय शक्ति बन्दैन’ उनले भने, ‘एमालेलाई सरकारबाट बाहिर राख्न एक छिनलाई हुन सक्छ । ०८४ सम्मलाई हुन सक्छ । हामीले मिसन ८४ को तयारी गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’

अहिले एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्र मोर्चा घोषणाको कुरा गरिएको ओलीले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?