+
+

काभा नेसन्स लिग आजदेखि, नेपालको मंगोलियासँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते ९:५८

३ असार, काठमाडौं । कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ ।

जुन १८ देखि २५ सम्म हुने नेसन्स लिगमा नेपालले आज पहिलो खेलमा मंगोलियासँग खेल्दैछ ।

नेपालले मंगोलियासाग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको नेसन्स लिगमा नेपालसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा घरेलु टोली कीर्गिस्तानको भने दुई टिम समावेश छन् ।

नेपालले दोस्रो खेल जुन १९ मा घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ भने तेस्रो खेल इरानसँग जुन २० मा खेल्नेछ ।

नेपालले जुन २२ मा तुर्कमिनेस्तान, जुन २३ मा कीर्गिस्तान बी टिम र जुन २५ मा उज्वेकिस्तानसँग खेल्नेछ ।

नेपालले यसपटक नयाँ कप्तान हरि हजुर थापाको नेतृत्वमा खेल्दैछ । नेपाली टिममा हेमन्त मल्ल , सफल विक र भीम गाहा मगर गरी तीन नयाँ खेलाडी छन् ।

काजखस्तानले पनि नखेल्ने

काभा नेसन्स लिगमा सुरुमा सेन्ट्रल एसियाका ७ टिमले खेल्ने तय थियो । तर यसअघि नै पाकिस्तानले नाम फिर्ता लियो । पाकिस्तानको स्थानमा मंगोलियाले नेसन्स लिग खेल्ने भएपछि ७ टिम नै खेल्ने तय थियो ।

तर अन्तिम समयमा प्रतियोगिता सुरु हुनु एक साता अघि काजखस्तानले पनि नाम फिर्ता लिएको काभाले जनाएको छ ।

काजखस्तानले नाम फिर्ता लिएपछि अब ६ टिमले सहभागिता जनाउने भएको छ । यद्यपि आयोजक कीर्गिस्तानले आफ्नो बी टोलीलाई पनि प्रतियोगितामा खेलाउने निर्णय गरेको हो ।

प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ र लिग पछि धेरै अंक जोड्ने शीर्ष टोली च्याम्पियन हुने काभाले जनाएको छ ।

प्रतियोगिताको खेलहरु बिस्केकस्थित चोल्फन-अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा हुनेछ ।

नेपाल टिम :

हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल, भीमबहादुर गाहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?