+
+

काठमाडौं गोलीकाण्ड : डिस्चार्ज भएपछि म्याद मिलान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १९:३३

३ असार, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार जारी छ।

८ दिनअघि २८ जेठमा धरानबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि प्रहरीले पछ्याएको थियो। विराटनगरको जोगबनी नाकाबाट नेपालमा लागूऔषध भित्र्याउने मध्येका मुख्य व्यक्ति भगतले लागूऔषध लिएर आएको सूचनाको आधारमा प्रहरीले उनलाई पछ्याएको थियो।

त्यसक्रममा उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएका थिए। त्यहाँको एक होटलमा प्रवेश गर्ने वित्तिकै प्रहरी पनि भित्र छिरेको थियो। त्यसक्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो ।

ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाका अनुसार त्यसक्रममा प्रहरीलाई नै आक्रमण गरेपछि प्रतिकारमा गोली चलाउनु परेको थियो। ‘अहिले त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ’, थपलियाले भने, ‘परिवारका सदस्य पनि अहिले काठमाडौं आएका छन्, अवस्था सामान्य छ।’

अस्पतालमा भएकाले उनीमाथि प्रहरीले विस्तृत अनुसन्धान गर्न पाएको छैन। ‘त्यसदिन घटनास्थलबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो, उनको बयान लिएर थप नेक्ससबारे छानबिन हुनेछ’, ब्यूरोका एसपी चक्रराज जोशी भन्छन्।

प्रहरीले आरोपीलाई पक्राउ गरेर पूर्जी थमाएपछि अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट २४ घन्टाभित्र म्याद थप गर्नुपर्छ । तर, स्वास्थ्य स्थितिका कारण प्रहरीले उनलाई अदालत उपस्थित गराउन नसकेको एसपी जोशीले बताए। उनले भने, ‘निको भएपछि जिल्ला अदालत, काठमाडौं लगेर म्याद मिलान गराउँछौं।’

लागू औषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ। घटना भएको दिन भगत बिहान ८ बजे विराटनगरबाट काठमाडौं आएका थिए।

लामो समयदेखि धरानमा बस्दै आएका भगत त्यहाँ तरकारी पसल सञ्चालन गर्थे। त्यही पसलको आवरणमा उनले लागूऔषध विक्री वितरण गर्ने गरेको प्रहरी दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?