+
+

कोशी प्रदेशमा आन्दोलनरत पक्षले बनायो वार्ता समिति

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १९:५४

३ असार, विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नामकरणको विपक्षमा आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच सोमबार वार्ता हुने भएको छ ।

नामकरणको विपक्षमा रहेका पहिचान पक्षधरले आइतबार वार्ता टोली गठन गरेपछि सोमबार विराटनगरको बिग होटलमा वार्ताको तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

आइतबार पहिचान पक्षधरले गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु रहेको वार्ता टोली बनाएको छ । उनीहरु आन्दोलनमा सहभागी विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि हुन् ।

कोशी सरकारले नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । जसको सदस्यमा मन्त्रीहरु भक्तिप्रसाद सिटौला र वुद्धिकुमार राजभण्डारी रहेका छन् ।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचानका आधारमा पुन नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?