+
+

बालुवाटार बैठकमा झलनाथको प्रश्न – समाजवादी मोर्चाको प्रधान शत्रु को हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते ११:५२

४ असार, काठमाडौं । समाजवादी मोर्चा घोषणालाई लिएर एकीकृत समाजवादीका नेता झलनाथ खनाल असन्तुष्ट देखिएका छन् ।

माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणासभा आज सोमबार अपरान्ह ४ बजे राखिएको छ ।

त्यसअघि प्रतिवद्धता पत्रलाई अन्तिम रुप दिन चार दलका नेताहरुको बैठक बसेको थियो ।

बालुवाटारमा बसेको बैठकमा एकीकृत समाजवादीका नेता खनालले मोर्चाको प्रधान शत्रु को हो हो भनेर प्रश्न गरेका थिए । नेताहरुले अहिले मोर्चाको उद्देश्यहरु तय गरेको र अरु विषय छलफल गर्दै जाने बताएका थिए ।

तर खनालले प्रधान शत्रु नतोकी मोर्चामा नबस्ने बताए । ‘म आजको कार्यक्रममा पनि आउँदिन भनेर उहाँ हिड्नु भएको हो’, बैठकमा उपस्थित एक नेताले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?