+
+

बागमती गाउँपालिकामा नि:शुल्क आँखा शिविर, ४१३ जनाले लिए सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते १६:००

४ असार, ललितपुर। ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् ।

नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् ।

साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर शल्यक्रिया गरिएको
नेत्रधाम आई केयर सेन्टरको प्रबन्द निर्देशक डा. संयम बजिमयले जानकारी दिए ।

उनका अनुसार डा. प्रणव श्रेष्ठको संलग्नतामा ८ जनाको मेडिकल टिमले उक्त स्वास्थ शिविरमा सेवा सञ्‍चालन गरेका थिए भने उक्त शिविर नेत्रधाम आई केयर सेन्टर को प्राबिधिकको सहयोग रहेको थियो ।

यस्तै शिविरमा आएका विरामीलाई नि:शुल्क औषधि,चश्मा तथा आँखा जाँच र शल्यक्रिया गरिएको थियो । पहिलो पल्ट गाउमा निशुल्क आँखा स्वास्थ शिविर बसेको हुदा स्थानिय सारै खुसी देखिएको वडा अध्यक्ष ज्ञान बहादुरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?