
४ असार, काठमाडौं । सरकारले डा. सन्दुक रुइतले बहराइन सरकारबाट पाएको इसा अवार्डसँगै प्राप्त भएको पुरस्कार रकममा कर छुट दिएको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । डा. रुइतले इसा अवार्ड ट्रष्टबाट १० लाख अमेरिकी डलर राशीको पुरस्कार पाएका थिए ।
यो रकममा लाग्ने कर छुट दिने निर्णय नेपाल सरकारको ११ फागुनको बैठकले गरेको सूचनामा उल्लेख छ । सामान्यतया पुरस्कार राशीमा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4