
४ असार, काठमाडौं । वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड्स पठाइ दिन्छु भन्दै ३२ लाख रुपैयाँ ठगीको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली बस्ने वर्ष ३० का बलराम थापा मगर रहेका प्रहरीले जनाएको छ ।
टिकाजंग कार्कीलाई नेदरल्याण्ड्स पुगेपछि डेढलाख मासिक तलबको जागिर लगाइदिन्छु भन्दै नेदरल्याण्ड्स पठाउने विश्वास दिलाई प्रलोभनमा पारी पटक-पटक गरी २६ रुपैयाँ ठगेको भन्दै वैदेशिक रोजगार विभागबाट पक्राउका लागि आग्रह गरिएकाले उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4