
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले विभिन्न संघसंस्थाहरुले प्रदान गर्ने सेवामा विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउनका लागि स्वास्थ्य, होटल, रेष्टुरेन्ट लगायत कला क्षेत्रका संघसंस्थासँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार काठमाडौंको विशालनगरस्थित अरोजिन हेल्थ केयरले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकहरूले ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशत (हेयर ट्रान्स्प्लान्ट एन्ड हेयर फल ट्रिटमेन्ट)सम्म छुट पाउने छन् ।
यसैगरी सुनसरीको इटहरीस्थित होटल पाथिभरा इन्टरनेसनलको सेवामा १० प्रतिशत, काठमाडौंको मैतिदेवीस्थित बुइङ्गल लज एन्ड बारको सेवामा १५ प्रतिशत, लाजिम्पाटमास्थित एल्लो हात्तीले उपलब्ध गराउने सेवामा अधिकतम १० प्रतिशत छुट पाउने छन् ।
यसैगरी सुनसरीको इटहरी–६ स्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकन र काठमाडौंको मैतिदेवीमास्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकनले उपलब्ध गराउने सेवामा १०/१० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार छुट प्राप्त गर्नका लागि ती संघसंस्थाहरूबाट सेवा लिए वापतको भुक्तानी महालक्ष्मी विकास बैंकको डेबिट/क्रेडिट कार्ड एवम् मोबाइल बैंकिङमार्फत गर्नुपर्ने छ।
विभिन्न संघसंस्थासँगको यस्तो सहकार्यबाट बैंकको डेबिट/क्रेडिट कार्ड एवम् मोबाइल बैंकिङ प्रयोगकर्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4