+
+

विभागले भन्यो : घरजग्गाको कारोबारमा व्यक्तिले तिर्ने लाभकर नै अन्तिम कर हो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १५:५३

५ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले सेयरमा जस्तै घरजग्गामा पनि प्राकृति व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ ।

विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई एक पत्र लेख्दै प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गाको बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको बताएको हो ।

त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुेन आन्तरिक राजस्व विभागले बताएको छ ।

अर्थमन्त्री डा. प्रकशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरको आर्थिक विधेयकमा प्राकृति व्यत्तिले धितोपत्र र जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्दा हुने लाभको आय विवरण पेश गरेको छैन भने आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्कको आय विवरण पेश गरी कर दाखिला गर्दा लाग्ने करको ५० प्रतिशत छुट दिने बताएका थिए । साथै उनले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडिको त्यस्तो आयमा कर मिनाहाको घोषणा गरेको थिए ।

त्यससँगै व्यावसायिक रुपमा सेयर र घरजग्गाको कारोबार गर्नेहरु ३ वर्षको आय विवरण पेश गरी कर तिर्नुपर्ने अवस्था आएको भन्दै त्यसलाई रोक्न लबिइङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?