+
+

आरती साह मृत्यु प्रकरण : श्रीमान र ससुरालाई पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १८:४२
मंगलबार थुनछेक बहस भइरहँदा आरतीको माइती पक्षले जिल्ला अदालत धनुषाबाहिर गरेको प्रदर्शन ।

५ असार, जनकपुरधाम । ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको श्रीमान र ससुरालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

आरतीको माइती पक्षले मोतीबाबु र मदनमोहनविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । ३ असारदेखि भएको थुनछेक बहसपछि मंगलबार अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

दुई वर्षअघि मोतीबाबु र आरतीको विवाह सामाजिक परम्परा अनुसार भएको थियो । विवाहमा दाइजोसहित २५ लाख रुपैयाँ दिएको माइत पक्षको दाबी छ । पछिल्लो समय दाइजो कम भएको भन्दै घरमा आरतीलाई यातना दिँदै आएको माइती पक्षको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?