+
+

रचना र सागरको ‘बाडुल्की’मा विकास सुवेदीको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते ८:००

काठमाडौं । रचना रिमाल र सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक भएको छ । गीतमा हिमांशु रायमाजी (गोधुली)को शब्द र कृष्ण पाण्डे (कृषा)को संगीत छ । गीतलाई रुबिन मगरले एरेन्ज गरेका हुन् ।

बाडुल्की लाग्दा मन परेको मान्छेले सम्झिएको भाव व्यक्त गर्ने गीतको भिडियोमा विकास सुवेदी र समारिका ढकाल फिचर्ड छन् । विकासको यो डेब्यु म्युजिक भिडियो हो ।

उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् भने विनोद बमले सम्पादन गरेका छन् । गीतमा राहुल बराइलीको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?