+

नेपालसँग संघर्षरत वेष्ट इण्डियन ब्याटर

२०८० असार  ७ गते १३:४२ २०८० असार ७ गते १३:४२
नेपालसँग संघर्षरत वेष्ट इण्डियन ब्याटर

७ असार, काठमाडौं । आईसीसी एकदिवशीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।

जिम्बाव्वेको हरारे स्पोर्टस सेन्टरमा भइरहेको खेलमा नेपाली बलरहरुले बिहानी विकेटको फाइदा लिइरहँदा वेष्ट इण्डियन ब्याटरहरु भने रनका लागि संघर्षरत छन् ।

पावर प्ले (१० ओभर)को समाप्तीमा वेष्ट इण्डिजले २ विकेट गुमाएर ३० रन बनाएको छ । दुईपल्टको विश्वविजेता वेष्ट इण्डिजका ब्याटरहरुलाई अहिलेसम्म विश्वकप खेल्न नपाएको नेपालका बलरहरुले दबाबमा राख्न सफल छन् ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई आउट गरेको थियो । करण केसीको बलमा कुशल भुर्तेलले मिडविकेट क्षेत्रमा शानदार क्याच अआउट गर्नुअघि मायर्सले १ रनमात्र बनाउन सके ।

करणले यसअघि अमेरिकाविरुद्धको अघिल्लो खेलमा पनि ४ विकेट लिएर प्लेयर अफ द म्याच बनेका थिए ।

पाँचौं ओभरमा वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चार्ल्सलाई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरे ।

गुल्सनको स्पेलको पहिलो बलमै आउट भएका चार्ल्सले खाता खोल्नै सकेनन् ।

आजको खेलमा नेपाल टिममा अमेरिकाविरुद्ध खेलेको टिममा परिवर्तन गरिएको छैन । चोटग्रस्त सोमपाल अझै फिट भइसकेका छैनन् । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो । ५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

अमेरिकाविरुद्ध पहिला फिल्डङ गरेको नेपालले करण केसीको ४ विकेट सहयोगमा २०७ रनमा रोकेको थियो । जवाफमा भीम सार्कीले ७७ रनको अविजित पारी खेलेपछि नेपालले ४३ ओभरमै लक्ष्य भेट्टाएको थियो ।

नेपाल टिम

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय