
काठमाडौं । हिमालयन बैंक लिमिटेडका ग्राहकले आरोगिन हेल्थ केयर रिसर्च सेन्टरले प्रदान गर्ने सेवामा आकर्षक सुविधा पाउने भएका छन् । दुवै संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले हेल्थ केयर सेन्टरले उपलब्ध गराउने विभिन्न सेवा–सुविधामा ५ देखि ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौता अनुसार हिमालयन बैकका ग्राहकले सेन्टरले उपलब्ध गराउने सेवाहरु आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत, छालाको हेरचाहमा ३० प्रतिशत, ल्याव सेवामा २५ प्रतिशत, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत, दिवा वा २४/७ नर्सिङ केयर सेवामा १५ प्रतिशत र फिजियोथेरापीमा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् ।
सेन्टरले प्रदान गर्ने सेवामा छुट प्राप्त गर्नका लागि हिमालयन बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन वा कार्डहरु प्रयोग गरी भुक्तानी सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4