+
+
विश्वकप क्रिकेट छनोट :

कुशल भुर्तेल ५ रनमा आउट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १७:१५

७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती झड्का व्यहोरेको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ५ रनमा आउट भएका छन् ।

उनलाई १.४ ओभरमा जोसेप होल्डरले बोल्ड गरेका हुन् ।

उनी आउट भएपछि भीम सार्की ब्याटिङ्मा आएका छन् । उनले अर्का ओपनर आसिफ शेखलाई साथ दिइरहेको छन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनायो । उसका दुई ब्याटरले शतकीय पारी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?