+
+

टिकटकमा साथी बनाएर सुन चोरेको आरोपमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १८:३९

७ असार, पोखरा ।  स्याङ्जामा चोरीको नौलो घटना सार्वजनिक भएको छ ।

अहिलेको चर्चित सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाएर भेटघाटमात्रै होइन घरमै पुगेर सुनका गहना चोरी गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ ।

सुरुमा टिकटकमार्फत साथी बन्ने, एकअर्कालाई लाइक, कमेन्ट गर्ने, भेटघाट गर्ने, घरमै पुगेर सँगै टिकटक बनाउने र मौका परेपछि सुनको गहना चोरी गरेर बेचेको आरोपमा स्याङ्जा प्रहरीले एक जना महिलालाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका–३ की २४ वर्षीय कुसुम बिसी छन् ।

विसीले सुरुमा स्याङ्जा वालिङ–६ एक्ले पिपलस्थित एक महिलालाई साथी बनाएर भेटघाट गर्न घरमै पुगेकी थिइन् ।

प्रहरीका अनुसार उनीहरुले सँगै मिलेर टिकटक पनि बनाएर पोस्टसमेत गरेका थिए ।

त्यसपछि घरमा गहना, दराजको चाबी लगायतको जानकारी पाएपछि औंठी र लकेट चोरेर बिसी भागेको भन्दै ती महिलाले उजुरी गरेकी थिइन् ।

त्यसपछि प्रहरीले बिसीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको स्याङ्जा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार बिसीले सुनका गरगहना पोखराको एक ज्वेलर्समा बेचेकी थिइन् । उनलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सुनको नक्कली गहना देखाएर ठगेको आरोपमा २ पक्राउ

कास्कीमा पनि सुनको नक्कली गहना देखाइ ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीका विमल तामाङ र मकवानपुर हेटौंडाका सन्तोष मगरलाई कास्की प्रहरीले नक्कली सुनसहित पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण बिकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?