
७ असार, दाङ । दाङमा एक छात्राले विद्यालयका प्रशासन प्रमुखले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
पद्मोदय पब्लिक नमूना उच्च माध्यमिक विद्यालयकी एक छात्राले सामाजिक सञ्जालबाट सोही विद्यालयका प्रशासन प्रमुख मिनेश श्रेष्ठले आफू माथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
उनले बुधबार फेसबुकमा लेखेकी छन्, ‘के सर भनेको कुममा हात राख्ने, यताउति गर्ने हो ?’ श्रेष्ठले घटनाबारे कसैलाई बताए आफूलाई मार्नेसम्मको धम्की दिएको पनि ती छात्राले फेसबुकमा लेखेकी छन् । ‘आज यस्तो मसँग भयो भोलि अरु कोहीसँग हुन सक्छ । त्यो बेला पनि हामी केटीहरु कति सहने ?’ उनले लेखेकी छन् ।
छात्रामाथि भएको दुर्व्यवहार भएको विषयमा सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बिहीबार विद्यालयका विद्यार्थीले आरोपित श्रेष्ठलाई कारबाहीको माग राख्दै नाराबाजी गरेका छन् ।
विद्यालयका निमित्त प्रधानाध्यापक मोहन अधिकारीले उक्त घटनाबारे छात्रा र आरोपित श्रेष्ठसँग बुझ्ने काम भइरहेको बताए ।
प्रतिक्रिया 4