+
+

विगतको जस्तो मल अभाव हुन्न : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते ११:५६

८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।

संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?