
काठमाडौं । सनराइज बैंकले शारीरिक रूपमा अशक्त भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले रोटरी क्लब वीरगञ्जमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग गरेको हो ।
बैंकले रोटरीका कार्यक्रम संयोजक डा. स्वास्वत प्रसादलाई दुई लाख ७५ हजारको चेक हस्तान्तरण गरेको छ । उक्त रकमबाट शारीरिक रूपमा अशक्त २० जनालाई कृत्रिम हात एवम् खुट्टा प्रदान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछकुमार यादव, सीएसआर प्रमुख सुमन थापा र बैंकका वीरगञ्ज शाखा प्रमुख केदार सिंहको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4