+
+

कांग्रेस–एमालेको सरकार तत्काल बन्ने अवस्था छैन : मीन विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १६:२७

८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेस र नेकपा एमालेको सरकार तत्काल बन्ने अवस्था नरहेको बताएका छन् ।

कांग्रेस र एमालेको समीकरण बनेर वर्तमान सरकारको विकल्पबारे विभिन्न प्रसं‌गहरु चलिरहेका बेला नेता विश्वकर्माको उक्त भनाइ आएको हो ।

‘कांग्रेस एमालेको तत्काल सरकार बन्ने अवस्था देखिदैन,’ विश्वकर्माले अनलाइनखबरसँग भने, ‘एमालेसँग मिलेर सरकार बनाउनुपर्ने अहिले कुनै कारण छैन । कांग्रेसले पाउने जति मन्त्रालय पाइरहेकै छ ।’

सभापति शेरबहादुर देउवा निकट नेता विश्वकर्माले पार्टीको घोषित निर्णय अनुसार संवाद नभएको बताए । ‘फुर्सद भएका र मन्त्री हुन नपाएकाहरु त लागिहाल्छन् नि । कोही लागेको भएपनि पार्टीबाट निर्णय भएर लागेका होइनन्,’ विश्वकर्माले भने ।

कांग्रेसभित्र पछिल्लो समय माओवादीलाई बोकेर हिँड्न नहुने मत बढिरहेको  कतिपय नेता ठान्छन् ।  ‘यो समीकरण जोगाउन १/२ जनालाई इच्छा हुनसक्ला । अब माओवादीको साथ छोड्न पर्ने मत बढिरहेको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

सभापति देउवा उपचारका लागि सिंगापुरमा छन् । असार ६ को राति फर्कने भनिए पनि देउवा आइसकेका छैनन् । देउवाको सिंगापुर बसाइ लम्बिनुमा कतिपयले नयाँ सत्ता समीकरणसँग जोडेका छन् । कांग्रेस गठबन्धनको पक्षमा प्रतिवद्ध रहेको नेता विश्वकर्मा बताउँछन् । ‘समाजवादी मोर्चा भित्रैबाट प्रधानमन्त्रीको विरोध भएको छ । तर, कांग्रेसबाट विरोध भएको छैन,’ विश्वकर्माले भने ।

सत्ता समीकरण फेरबदलका लागि देउवाको बसाइँ लम्बिएको भनाइमा सत्यता नरहेको विश्वकर्मा बताए । स्वास्थ्य उपचारका लागि नै थप समय बस्न परेको आफूले जानकारी उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?