+

बायर्न म्युनिख पुगे राफेल गुरेरियो

२०८० असार  ८ गते १८:०८ २०८० असार ८ गते १८:०८
बायर्न म्युनिख पुगे राफेल गुरेरियो

८ असार, काठमाडौं । जर्मन च्याम्पियन बायर्न म्युनिखले बुन्डेसलिगाको चीर प्रतिद्वन्द्वी बेरुसिया डर्टमन्डका लेफ्ट ब्याक राफेल गुरेरियोलाई फ्रि ट्रान्सफर मार्फत अनुबन्ध गरेको छ ।

सात सिजन डर्टमन्डमा बिताएका २९ वर्षीय गुरेरियोले आगामी ३ वर्षका लागि बायर्नसँग सम्झौता गरेका हुन् ।

सन् २०१६ मा यूरो कप जितेपश्चात गुरेरियोले पुन डर्टमन्डका पूर्व प्रशिक्षक तथा बायर्नका कार्यकारी प्रशिक्षक रहेका थोमस टुचेल प्रशिक्षण पाउने भएका हु्न् । थोमसले नै गुरेरियोलाई डर्टमन्डमा ल्याएका थिए ।

‘बायर्नबाट फोन आउने बित्तिकै मैले छिटै नै निर्णय लिएँ’, गुरेरियोले भने, ‘म यस्तो खेलाडी हुँ, जसले बल सधैं आफ्नै नियन्त्रणमा राख्न चाहन्छ । जसले खेलमा हाबी हुन र मौका सिर्जना गर्न मद्दत गर्छ ।’

उनले अघि थपे, ‘जति सक्यो धेरै उपाधि दिलाउन म आफूले सकेको जति गर्नेछु, जुन बायर्नको रणनीति पनि हो ।’

पछिल्लो एक दशकमा धेरै खेलाडी डर्टमन्डबाट बार्यन गएका छन् । जसमध्येमा रोबर्टो लेवोन्डोस्की र मारियो गोट्ज पनि हुन्

सन् २०१६ मा डिफेन्डर म्याट्स हमेल्स पनि डर्टमन्डबाट बायर्न गएका थिए । तर उनी पुन डर्टमन्डमा फिर्ता आएका छन् ।

डिफेन्डर भए पनि गुरेरियोले मिडफिल्डमा पनि राम्रो खेल्न सक्छन् । उनले २०२२–२३ को सिजनमा ४ गोल र १२ असिस्ट गरेका छन् । उनको खेलका मद्दतमा डर्टमन्डले बायर्नलाई बुन्डेसलिगा उपाधिका लागि टक्कर दिएको थियो । जसमा बायर्नले गोल अन्तरका कारण रोमाञ्चक हिसाबले लिगको उपाधि जितेको थियो । उक्त उपाधि उनीहरुका लागि ११ औं लिग उपाधि रहेको थियो ।

बायर्न म्युनिख राफेल गुरेरियो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय