+

इमर्जिङ टिम्स एसिया कपमा पनि भारत र पाकिस्तानकै समूहमा नेपाल

२०८० असार  ८ गते १९:१६ २०८० असार ८ गते १९:१६
इमर्जिङ टिम्स एसिया कपमा पनि भारत र पाकिस्तानकै समूहमा नेपाल

८ असार, काठमाडौं । एसियन क्रिकेट काउन्सिल एसीसीले सञ्चालन गर्ने एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना हुने भएको छ ।

असार २९ देखि साउन ७ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल टिम समूह बी मा भारत, पाकिस्तान र यूएईसँग परेको जानकारी आएको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले बताए ।

समूह एमा आयोजक श्रीलंकासँगै ओमान, बंगलादेश र अफगानिस्तान छन् । इमर्जिङ् टिम्स एसिया कपमा टेष्ट राष्ट्रका यू–२३ वा ए टिमले खेल्नेछन् ।

गत वैशाखमा नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेका नेपाल, यूएई र ओमानले एसोसएटको प्रतिनिधित्व गरी इमर्जिङ एसिया कप खेल्न पाएका हुन् ।

पाँच टेष्ट टिमले भने आफ्नो ए टिम पठाउनेछन् । नेपाल टिम हाल एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाव्वेमा छ । विश्वकप छनोट सकिएपछि सम्भवतः नेपालको टिम घोषणा हुनेछ ।

नेपालले सन् २०१६, २०१७ र २०१९ गरी तीनपल्ट इमर्जिङ टिम्स एसिया कप खेलेको छ । सन् २०१९ यता प्रतियोगिता आयोजना भएको छैन ।

इमर्जिङ टिम्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय