+

नेपालविरुद्धको खेलमा भारतका ८ खेलाडी परिवर्तन

२०८० असार  ९ गते १९:३६ २०८० असार ९ गते १९:३६
नेपालविरुद्धको खेलमा भारतका ८ खेलाडी परिवर्तन

९ असार, बेंगलुरु । साफ च्याम्पियनसिपमा नेपालविरुद्धको खेलमा भारतले आफ्ना ८ खेलाडी परिवर्तन गरेको छ ।

यसअघि पाकिस्तानविरुद्ध खेलेको टिमका जम्मा ३ जना खेलाडीलाई मात्र भारतले नेपालसँगको खेलमा निरन्तरता दिएको छ । कप्तान सुनिल क्षेत्री, अनिरुद्र थापा र साहल अब्दुल सामदले मात्र लगातार दोस्रो खेल खेल्दैछन् ।

नेपालले भने भारतविरुद्धको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । कुवेतविरुद्ध खेलेको टिममा रहेका विमल पाण्डे, पुजन उपरकोटी र नवयुग श्रेष्ठले भारत विरुद्ध पहिलो रोजाइमा नखेल्ने भएका छन् ।

उनीहरुको ठाउँमा क्रमश: देवेन्द्र तामाङ, आयुष घलान र विमल घर्ती मगरले खेल्नेछन् ।

भारतीय फुटबल टिम सुनिल क्षेत्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय