
९ असार, धनगढी। कैलालीमा भारतबाट तस्करी गरि ल्याइएको १३ खसीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
शनिबार जिल्लाको कैलारी गाउँपालिका-६ खरुवाखेडाबाट भन्सार छली गरि ल्याइएका खसीसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका- १ गोक्का बस्ने २८ वर्षीय रामबहादुर रानामगर र धनगढी उपमहानगरपालिका-१९ बस्ने ७२ वर्षीय कुलबहादुर रानाभाट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।
उनकाअनुसार उनीहरूलाई भारतबाट अबैध रुपमा भन्सार छली चौमाल तर्फ खसी लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। ती खसीको मूल्य एक लाख ९५ हजार रहेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहिका लागि खसिसहित त्रिनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4