
१० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमा ल्याउन प्रधानमन्त्रीसँग छलफल सुरु भएको बताएका छन् ।
पहिले गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा प्रधानमन्त्री कार्यालय मातहतमा लगिएको थियो ।
गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा सांसदहरुले गृह मातहतमै राख्नुपर्ने बताएका थिए ।
आइतबार सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘यहाँ सुझाव प्राप्त भएअनुसार के गर्न सकिन्छ, छलफल गर्नुपर्छ भन्नेमा प्रधानमन्त्रीसँग छलफल सुरुवात भएको छ । एउटा निष्कर्षमा पुग्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4