+

पीएसजीका स्टार असरफ हकिमीलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी इच्छुक

२०८० असार  १० गते १४:२१ २०८० असार १० गते १४:२१
पीएसजीका स्टार असरफ हकिमीलाई अनुबन्ध गर्न म्यानचेस्टर सिटी इच्छुक

१० असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका डिफेन्डर असरफ हकिमीलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ ।

पेप ग्वार्डिओला आफ्नो टिम अझ बलियो बनाउने र आउँदो सिजनमा पनि क्लबलाई सफलता दिलाउने भन्दै टिम आजै राम्ररो बनाउने अभियानमा छन् । म्यानचेस्टर सिटीले ट्रेबल अर्थात प्रिमियर लिग, एफए कप र च्याम्पियनस लिग जितेको थियो ।

यो सफलता दोहोर्‍याउने लक्ष्मा रहेका ग्वार्डिओलाको हकिमीमा पुगेको छ ।

सिटीमा रहेका एल्के गुन्डगन, बर्नार्डो सिल्भा र काइल बेकरको भविष्य अनिश्चित छ ।

पीएसजी फरवार्ड केलियन एम्बापेलाई कसरी टिकाउने भन्नेमा केन्द्रित छ । यसको फाइदा उठाउँदै सिटीको नजर हकिमीमा परेको हो ।

हकिमीको पीएसजीमा २०२६ जुन ३० सम्मको अनुबन्धता छ ।

असरफ हाकिमी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय