
१० असार, काठमाडौं। भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ।
नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्।
नगरपालिकाले बजेटको चालूतर्फ १ अर्ब ३७ करोड ९४ लाख र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख बजेट विनियोजन भएको छ।
भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीको तलबमा प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिक दिने घोषणा गरेको छ।
भक्तपुरले बजेटमार्फत साँस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको छ।
यस्तै भक्तपुरको लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ । भक्तपुरले बजेटमार्फत आकाशे पानी संकलन गर्ने समेत घोषणा गरेको छ।
उपप्रमुख जोशीले खानेपानी व्यवस्थापन तथा आकाशे पानी संकलनको लागि १ करोड छुट्याएको बताइन्।
खेलकुद अन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड छुट्याएको छ।
नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ।
नगरपालिकाले देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड रुपैयाँ छुट्याएको छ ।
भक्तपुरको बजेटले यूवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था गरेको छ ।
हेर्नुहोस् भक्तपुर नगरपालिकाको बजेट
प्रतिक्रिया 4