+
+

नेकपा विभाजनको उद्देश्य के थियो विश्लेषण हुनुपर्छः अध्यक्ष ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १८:०२

१० असार, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।

आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को लोकर्पण गर्दै उनले नेकपा विभाजन भयो भनेर मात्रै धेरैले नबुझ्ने भन्दै विभाजनका कारणहरुको विश्लेषण हुनुपर्ने बताएका हुन्।

कार्यक्रममा ओलीले भने, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ।

विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? वाह्य कारण कति थियो ? स्वचालित कति थियो ?

परचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो ? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हितका लागि गर्‍यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?