१० असार, काठमाडौं । श्रीलंकासँग १३३ रनको फराकिलो अन्तरले पराजित हुँदै आयरल्याण्ड विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ ।
यो नतिजासँगै समूह बीबाट श्रीलंकासहित स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् । नेपाल रहेको समूह एबाट जिम्बाव्वे, नेदरल्याण्ड्स र वेष्ट इण्डिज यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।
आफ्नो तेस्रो खेलमा आज श्रीलंकाविरुद्ध जितका लागि ३२६ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्ड १९२ रनमा अलआउट भयो ।
उसका लागि कर्टिस क्याम्पेरले ३९ र हेरी टेक्टरले ३३ रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले दिमुथ करुणारत्नेको शतक मद्दतमा ३२५ रन बनाएको थियो ।
प्रतिक्रिया 4