+
+

नेपाल-अमेरिका फिल्म फेस्टिभलको शीर्ष पुरस्कार ‘सेक्रेट्स अफ राधा’लाई

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १४:००

काठमाडौं । नेपाल-अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शीर्ष पुरस्कार ‘द सेक्रेट्स अफ राधा’ले जितेको छ । अर्को नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र पाकिस्तानको ‘जोयल्याण्ड’ले मानार्थ पुरस्कार प्राप्त गरे । सन्तोष दाहाल निर्देशित ‘द मिराज’ उत्कृष्ट छोटो फिल्म घोषित हुँदा सूर्य शाही निर्देशित ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार जित्यो ।

उत्कृष्ट फिचर वृत्तचित्र विधामा सनी ल्यू निर्देशित ‘पियोना म्यान’ र न्यान्सी स्भेन्डसेन निर्देशित ‘पासाङ : द स्याडो अफ एभरेस्ट’ उत्कृष्ट भए । यो विधामा सचिन घिमिरे निर्देशित ‘इन्टु द मिस्ट’ले मानार्थ पुरस्कार जित्यो ।

वृत्तचित्र विधातर्फ श्रीश कुँवर निर्देशित ‘मेरो बुबा’ले सर्वश्रेष्ठ घोषित भयो । यो विधामा भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पायो । इम्पावरमेन्ट अवार्ड चाहिं ओस्कारमा मनोनयन भइसकेको फिल्म ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गर्‍यो । ‘ह्वेयर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेसन अवार्ड प्राप्त गर्‍यो । महोत्सवको जुरीमा अमेरिकाका निना स्ट्राइक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेर थिए ।

उनीहरुले ११ देशका ३७ फिल्ममध्येबाट ती विजेता छनोट गरे । अमेरिकाको मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वल्र्ड ग्रिनबेल्ट हलमा फिल्म प्रदर्शन गरिएका थिए । ‘दक्षिण एसियाली कथामाथि लगानी’ विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो । साथै अमेरिकी फिल्म निर्माता र अश्वेत फिल्मकर्मीबीच पनि छलफल चलाइएको थियो ।

‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै सुरु भएको महोत्सवमा अभिनेता राजेश हमाल विशेष अतिथिको रुपमा उपस्थित थिए । उनले नेपाली फिल्मको विकासमा डायस्पोराको योगदान उच्च हुने बताएका थिए । छैटौं संस्करण सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष पूर्णसिंह बराइलीले बताए । ‘फिल्मले नेपाली समाज, सभ्यता र संस्कृतिलाई संसारभर पुर्‍याउन सहयोग गरिरहेको छ । सांस्कृतिक विविधता र समावेशीता प्रवद्र्धनमा पनि सहयोग गरिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?