+
+

गौशाला २६ लाई उपचार खर्च दिन अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १७:२४

११ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित गौशाला २६ लाई उपचार खर्च भराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो ।

पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

यसअघि थुनछेक मुद्दामा सर्वोच्च अदालतले जाहेरीकर्ता गौशाला २६ लाई पीडित राहत कोषबाट तत्काल अन्तरिम उपचार खर्च उपलब्ध गराउन आदेश दिएको थियो ।

पीडितका तर्फबाट कानून व्यवसायीले पटकपटक निवेदन दिँदा पनि यसअघि जिल्ला अदालतले क्षतिपूर्ति भराउने आदेश गर्न अस्वीकार गर्दै आएको थियो । तर सोमबार मुद्दा अन्तिम चरणमा पुगेको र बाँकी विषय निर्णयबाट नै ठहरे बमोजिम हुने भन्दै उपचार खर्च पीडित राहत कोषबाट दिन आदेश गरेको हो ।

आरोपित सन्दीप लामिछानेका कानून व्यवसायीहरुले भने उनलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?