+

जिम्बाव्वेद्वारा अमेरिका ३०४ रनले पराजित

२०८० असार  ११ गते १९:५० २०८० असार ११ गते १९:५०
जिम्बाव्वेद्वारा अमेरिका ३०४ रनले पराजित

११ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा जिम्बाव्वेले अमेरिकालाई ३०४ रनको फराकिलो अन्तरले हराएको छ ।

यो एक दिवसीय क्रिकेट इतिहासकै दोस्रो फराकिलो हार हो । यसअघि गत जनवरीमा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले हराएको थियो ।

यसअघि नै सुपरसिक्समा पुगिसकेको जिम्बाव्वेले सेन विलियम्सको १७४ रनको मद्दतमा ४०८ रन बनाएको थियो । जिम्बाव्वेले एक दिवसीय क्रिकेटको इतिहासमा ४०० रनको आँकडा कटाएको यो पहिलो अवसर हो । जिम्बाव्वे ४०० रनभन्दा बढी बनाउने सातौं टिम हो ।

१०१ बल मात्रै खेलेका विलियम्सले २१ चौका र ५ छक्का हानेका थिए । यस्तै जोयलर्ड गम्बियेले ७८ रन बनाए ।

३०५ रनको लक्ष्य पछ्याएको अमेरिका २५.१ ओभरमा १०४ रनमा अलआउट भयो । अमेरिकाका लागि अभिषेक पराद्करले २४ तथा जेस्सी सिंहले २१ रन बनाए ।

नेपाल रहेकै समूहको अमेरिका यो हारपछि पुछारमा छ । यसअघि नै सुपर सिक्समा पुग्ने संभावना गुमाइसकेको नेपाल चौथो स्थानमा रह्यो ।

सुपर सिक्समा नपुगेका टोलीले सातौ र नवौं स्थानका लागि प्ले अफ खेल्ने छन् ।

विश्वकप क्रिकेट छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय