+
+

सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते ११:४७

१२ असार, काठमाडौं । नेकपा एमालेले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएको छ ।

सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा इकाइका रुपमा राख्ने उल्लेख गरिएको छ । यसलाई लिएर मंगलबार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका छन् ।

त्यसक्रममा एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘यो सरकार निष्पक्ष निर्वाचनको विपक्षमा छ । नियोजित ढंगले आउने निर्वाचन प्रभावित पार्ने उद्देश्य यसभित्र अन्तरनिहीत छ ।’
यसबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?