
काठमाडौं । गरिमा शर्मा पछिल्लो समयकी व्यस्त र रुचाइएकी म्युजिक भिडियो मोडल तथा अभिनेत्री हुन् । सामाजिक सञ्जालमा उनको सक्रियता बढी नै देखिन्छ । टिकटकदेखि इन्स्टाग्राममा उनी पोस्ट अपडेट गरिरहन्छिन् । फ्यानलाई आफ्नो गतिविधि सेयर गर्ने मामिलामा उनी अगाडि छिन् ।
सोमबार उनले इन्स्टाग्राम स्टोरीमा गरेको पोस्ट चाहिं अघिपछि भन्दा भिन्न थियो । जसमा उनले आफू प्रेममा रहेको स्पष्ट संकेत गरेकी छन् । एक युवकसँगको श्यामश्वेत तस्वीर पोस्ट गर्दै उनले प्रेमिल शब्द पनि लेखेकी छिन्, ‘हल्का हल्का माया बस्यो कि ? मैले थाहा नपाएको यस्तो ठाउँमा लैजाऊ जहाँ विश्व अति नै सरल छ । म ताराहरुलाई जमिनमाथि चम्किएको हेर्न चाहन्छु ।’
उनले उक्त पोस्टमा व्यक्त गरेको भाव हेर्दा उनी रोमान्टिक देखिएकी छन् र ती युवकसँगको प्रेममा छिन् । उक्त तस्वीरमा युवकले अनुहार छोपेका छन् भने ती युवकसँग हात मिलाएर उनले मुटुको आकार ‘हार्ट सेप’ पनि बनाएकी छन् । यो तस्वीरले उनको रिलेसनसिप स्टाटस सिंगल नरहेको पुष्टि हुन्छ ।
ती युवक अरु कोही नभएर फिल्म ‘सरी मम’का कलाकार र म्युजिक भिडियो मोडल प्रभात पल ठकुरी हुन् । ठकुरीले आफ्नो टिकटक र इन्स्टाग्राममा गरिमासँगका रोमान्टिक र क्याजुअल तस्वीर र भिडियो पोस्ट गरेका छन् । टिकटक कमेन्टमा ‘नाइस कपल’ भनेर गरिएका कमेन्टमा प्रभातले ‘धन्यवाद’ भन्दै जवाफ फर्काएका छन् । उनको यो कमेन्टको रिप्लाइले प्रेमको स्वीकारोक्ति गरेजस्तो पनि देखिन्छ ।
यी दुईले केही म्युजिक भिडियोमा सँगै अभिनय पनि गरेका छन् । कामको कुरा गर्दा गरिमाको डेब्यु फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया 4