+
+

राजस्व अनुसन्धानका महानिर्देशक चार महिनामै फेरिए, तीन बर्षमा ६ जना नेतृत्वमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १८:४९

१२ असार, काठमाडौं । राजस्व अनसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले प्रधानमन्त्रीका निजी सचिव ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा रुपमा पठाएको हो ।

हाल विभागको महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कर्यालयमा फिर्ता बोलाइएको छ । उनी तीन महिना अगाडीमात्र महानिर्देशक नियुक्त भएका थिए ।

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो ।

विभाग प्रधामन्त्री कार्यालय मातहत ल्याएपछि पटक–पटक हुने महानिर्देशक परिवर्तनका कारण विभागले राम्रोसँग अनुसन्धानको काम गर्न पाएको छैन् ।

हाकिमलाई ६ महिना टिक्न मुस्किल
ओली सरकारका पालामा राजश्व अनुसन्धान बिभागलाई अर्थबाट तानेर प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि यसको दुरुपयोग बढ्दै गएको छ ।
राजनीतिक नेतृत्वले यो बिभागलाई नाजायज ढंगले प्रयोग गर्नेक्रम बढेको ब्यबसायीहरु बताउँछन् । त्यसमाथि हरेक तीन÷ छ महिनामा हुने नेतृत्व परिवर्तनका कारण बिभाग निकम्मा र भुत्ते हुँदै आएको छ ।

पछिल्लोपटक सवैभन्दा लामो सयमसम्म बिभागको नेतृत्व दीर्घराज मैनालीले गरेका थिए जसले २०७५ जेठदेखि ७७ फागुनसम्म बिभागको नेतृत्व गरेका थिए ।

त्यसपछि आएका रामप्रसाद आचार्य ७ महिना महानिर्देशक बने । उनीपछि प्रकाश पौडेल बिभागको नेतृत्वमा आए जो ८ महिना पनि टिक्न सकेनन् । २०७९ असारमा बिभागमा आएका झलकराम अधिकारी चार महिनामै सरुवा भए भने कार्तिकमा महानिर्देशक बनेका मदन दाहाल तीन महिना पनि टिक्न सकेनन् । गत माघमा बिभागमा पठाइएका नारायण सापकोटालाई चार महिनामै सरकारले सरुवा गरेर प्रधानमन्त्रीका निजी सचिवका रुपमा काम गरिरहेका सहसचिव ढुंगानालाई पठाएको छ ।

राजश्व चुहावटमाथि अनुसन्धान गर्ने निकायका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बिभाग पछिल्लो दिनमा राजनीतिक नेतृत्वको इसारामा चल्ने र स्वार्थपूर्ति हुन नसक्ने देखिएपछि सरुवा गरिहाल्ने प्रबृत्ति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?