+
+

संयुक्त राष्ट्रसंघका उपमहासचिव लाक्रोइक्स नेपालमा, रक्षामन्त्री र प्रधान सेनापतिसँग भेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १९:२१

१२ असार, काठमाडौं। संयुत्त राष्ट्रसंघका शान्ति शान्ति स्थापनाका लागि काम गर्ने उपमहासचिव जिन पिर्रे लाक्रोइक्स चार दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्।

गलबार नेपाल आइपुगेका उपमहासचिव लाक्रोइक्सलाई उपरथी योगराज शर्मा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन्।

त्यसलगत्रै उपमहासचिव लाक्रोइम्कसले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई शिष्टाचार भेटघाट गरेका छन्।

भेटका क्रममा रक्षामन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गरेका थिए ।

खड्काले नेपाल र संयुक्त राष्ट्रसंघबीच घनिष्ठ सम्बन्ध रहेको, नेपालले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सक्रियतापूर्वक सहभागी हुँदै आएको र महासचिवले अगाडि बढाएको प्रति नेपाल सरकार प्रतिवद्ध रहेको बताए।

उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा शान्ति सैनिक पठाउने दोश्रो ठूलो राष्ट्र भएकोमा प्रशन्‍नता व्यक्त गर्दै नेपाल सरकारले संयुक्त राष्ट्रसंघको आव्हानमा दश हजारसम्म शान्ति सैनिक पठाउन प्रतिवद्ध रहेको खड्काको भनाइ थियो।

साथै, करिव दुई हजार फौजको सात वटा युनिटहरुलाई संयुक्त राष्ट्रसंघबाट माग भएको छोटो अवधिमै खटाउने गरी तयारी अवस्थामा राखिएको समेत उनले जानकारी दिए।

संयुक्त राष्ट्रसंघका उप-महासचिव लाक्रोइक्सले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकहरु अनुशासन र कार्यसम्पादनमा समेत अब्बल रहेको विचार व्यक्त गरे।

सो अवसरमा शान्ति मिसनहरुको सुरक्षा वातावरण चुनौतिपूर्ण हुँदै गईरहेको स्थितिमा नेपालले निःशर्त रुपमा संयुक्त राष्ट्रसंघको आव्हानमा निरन्तर रुपमा शान्ति सैनिकहरु खटाइरहेकोमा नेपाल सरकार र नेपाली सेनाको प्रशंसा गरे।

भेटमा रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिवका साथै संयुक्त राष्ट्रसंघका प्रतिनिधि र नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको रक्षा मन्त्रालयले जनाएको छ।

प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा आपसी चासोका विषयहरुमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?