+
+

शतप्रतिशत जनतामा विद्युत् पहुँच पुग्ने आधार तयार भयो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १२:२३

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका सबै जनतामा विद्युतको पहुँच पुग्ने आधार तयार भएको बताएका छन् ।

गएको एक वर्षमा थप ३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले शतप्रतिशत जनतामा विद्युत् पहुँच पुग्ने आधार तयार भएको दाबी गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको ६ महिनामा भएगरेका कामहरुबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् व्यापार सम्झौताको तयारी भएको जानकारी पनि उनले दिए।

‘यो त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालको आर्थिक विकासमा कोशेढुंगा बन्नेछ,’ उनले भने । यसका साथै भारतसँग हुने तय भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता एतिहासिक उपलब्ध भएको पनि उनले बताए ।

‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने तय हुनु नेपालका लागि निकै महत्वपूर्ण उपलब्धि हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?