
काठमाडौं । फिल्म ‘हिंड्दा हिंड्दै’ आगामी भदौ १ गते प्रदर्शन हुने भएको छ । मिलन आले निर्देशित फिल्मले बिहीबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्ममा आकाश श्रेष्ठ, रेखा शाह, सलोन बस्नेत, सानिया खान लगायतको शीर्ष भूमिका छ । विमल श्रेष्ठको प्रस्तुति तथा राज लामा निर्माता रहेको फिल्मलाई सुशील पंगेनीले लेखेका हुन् ।
लभस्टोरी फिल्ममा देखिंदै आएका आकाश यो फिल्ममा पनि लभरब्वायको रोलमा छन् । आकाशको पछिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’ बक्स अफिसमा खास चल्न सकेन । ‘हिंड्दा हिंड्दै’बाट आफू आशावादी रहेको आकाशले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4