
काठमाडौं । चलचित्र कलाकार संघको उपाध्यक्षमा डीबी बम्जन र कार्यकारी सदस्यमा जयन्त रेग्मी मनोनित भएका छन् । बिहीबार बसेको संघको कार्यकारी समिति बैठकले उक्त निर्णय गरेको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
यो नियुक्तिसँगै चलचित्र कलाकार संघको कार्यसमितिले पूर्णता पाएको छ । २१ जनाको कुल कार्यसमिति हुने संघमा १७ जना निर्वाचित भएका थिए ।
‘धुवाँ यो नशा’बाट अभिनय करिअर थालेका बम्जन नेपाली फिल्ममा खलपात्रको अभिनयबाट चर्चित छन् । उनले रेलीमाई, हिरो रिटर्न्स, रुमालै छ चिनो, छिरिङ, फिर्केमा पनि अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4