+
+

पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु

 संघीयतामाथि चौतफी प्रहार छ : मुख्यमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १२:४६

१५ असार, पोखरा । पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् ।

दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्नेछन् ।

भोलि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषदको बैठक पनि बस्ने छ । ऐन बनेको ३ वर्षपछि शनिबार पहिलो पटक पोखरामा प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

भेलाको उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले संघीयताका विरुद्ध जोडजोडका साथ जनमत सिर्जना गर्ने काम भइरहेको आरोप लगाए ।

प्रदेश सरकार स्थापना भएको छैटौं वर्षसम्म आइपुग्दा राजधानी ताक्ने, नामाकरण गर्ने काम र ऐनकानुन बनिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

संघीयता कार्यान्वयनमा सहजताका लागि अन्तर प्रदेश बैठक राखिएको पाण्डेको भनाइ थियो ।

संघले कानुन नबनाइदिएका कारण प्रहरी समायोजन, प्रहरी परिचालनमा समस्या देखिएको छ । जग्गा प्राप्तिको समस्यादेखि कर्मचारी सरुवासम्म प्रदेशले दुख खेपिरहेको पाण्डेले कार्यक्रममा बताए ।

प्रदेशको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीहरुको भेलाले सहयोग पुग्ने पाण्डेले बताए । संघीय सरकारले नेतृत्वसहित मार्गदर्शन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?