
१५ असार, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश डा. कुमार चुडालको इजलासले उनीहरुलाई पक्राउ गरेको कारण र आधार पेश गर्न गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको नाममा आदेश जारी गरेको हो ।
आफूलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र मिनबहादुर गुरुङ सर्वोच्च अदालत पुगेका थिए ।
उनीहरुले हदम्याद सकिएको विषयमा आफूहरुलाई पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको र आफूहरुको मौलिक हक हनन् भएको दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4