
कुनै दुखद् घटनापछि मानिसहरुको मनमा यस्तो सवाल उठ्दछ कि के यसभन्दा पनि खराब अरु केही हुनसक्ला र ?
कोलम्बियाको जंगलमा एउटा विमान दुर्घटनापछि हराएका चार जना बालबालिकाहरु ४० दिनपछि सुरक्षित रुपमा फेला परे । यो कुराले विश्वभर तहल्का मच्चायो । स्मरणीय के छ भने सोही दुर्घटनामा ती बालबालिकाका आमाको मृत्यु भएको थियो ।
एक, चार, नौ र तेह्र वर्षका चारजना बालबालिकाहरुलाई गत साता सेनाले खोज अभियानका क्रममा फेला पारिएको थियो । ती बालबालिकाहरुमा पानीको कमीका साथै किराहरुले टोकेका खतहरु थिए । उनीहरुको अन्य स्वास्थ्य अवस्था भने ठीकै थियो ।
यद्यपि कोलम्बियाको यो घटनामात्र त्यस्तो एउटा घटना होइन जहाँ चमत्कारकै शैलीमा मानिसहरु बाँच्न सफल भएका छन् ।
यस्तै चारवटा अन्य घटनाको नालीबेली यहाँ प्रस्तुत छ :
१) एन्डिजको त्रासदी : सन् १९७२ को अक्टोबर १३ मा उरुग्वेको ओल्ड क्रिस्चन्स क्लब अफ मन्टेभिडियोका खेलाडीहरू आफ्ना परिवारसँगै जहाडमा चढेर चिलीको सान्टिएगो गइरहेका थिए । त्यहाँ ती खेलाडीहरुले अन्य मुलुकका खेलाडीसँग प्रतिस्पर्धा गर्ने तालिका थियो । तर विडम्बना एन्डिज पर्वतमा उनीहरु चढेको जहाज दुर्घटनामा पर्यो । जहाज दुर्घटना त भयो त उद्धारकर्ताहरुलाई सुरुमा उक्त दुर्घटनाग्रस्त जहाज कुन ठाउँमा खसेको छ भन्ने पनि थाहा थिएन । हिउँले भरिएको पहाडमा कैयन् दिनसम्मको खोजतालासपछि पनि केही पत्ता नलागेपछि उद्धार अभियान नै बन्द गरियो ।
दुर्घटनाको समयमा विमानमा सवार ४५ जनामध्ये १२ जनाको मृत्यु भैसकेको थियो । त्यसपछिका केही दिनमा अन्य केही मानिसले पनि ज्यान गुमाए भने केही दिनपछि आएको हिमआँधीमा थप ८ जनाको मृत्यु भयो ।
विमानमा भएको खानेकुरा सकिएपछि बाँचेका यात्रुहरुले मरेका यात्रुको लासको मासु खान सुरु गरे । त्यहीँ वर्षको डिसेम्बरमा दुईजना रग्बी खेलाडीहरु रोबर्ट केनेसा र फर्नान्डो पराडो दुर्घटनाग्रस्त जहाज खोज्नका लागि हिँडे । १० दिनको प्रयासपछि उनीहरुले दुर्घटनाग्रस्त जहाज फेला पारे । जहाजका ४५ यात्रुमध्ये १४ जना त्यतिबेलासम्म पनि जीवितै रहेछन् ।
अन्ततः ती १४ यात्रुलाई जहाज दुर्घटनाको करिब २ महिनापछि जीवितै उद्धार गरियो ।
२) मेक्सिकोका चमत्कारी बच्चा : सन् १९८५ को सेप्टेम्बर १९ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ८.१ रेक्टर स्केलको भूकम्पबाट सयौं भवनहरू ध्वस्त भए, जसमा परेर हजारौं मानिसको मृत्यु भयो । उक्त त्रासदीबाट कति मानिसको मृत्यु भयो भन्ने यकिन तथ्यांकसमेत छैन । सरकारी तथ्यांकले त्यहाँ तीन हजार ६९२ जनाको मृतयु भएको दाबी गरेपछि त्यहाँ मृत्यु हुनेको संख्या १० हजार सम्म रहेको बताइएको थियो । भूकम्प गएको धेरै दिनसम्म खोज तथा उद्धार कार्य चलिरह्यो । त्यहीँ क्रममा धेरै दिनपछि भवनको भग्नावशेषहरुबाट केही नवजात शिशुहरुलाई जीवितै उद्धार गरेर निकालियो । त्यसरी उद्धार गरिएका बच्चाहरुलाई मेरेकल बेबी अर्थात् चमत्कारी बच्चा भनियो । त्यसमध्ये एकजना थिए जिसस फ्रान्सिस्को । उनलाई ‘लिटल अर्थक्वेक’ वा लिटिल मिरेकल नाम दिइयो । भूकम्पको समयमा उनी आफ्नो आमाको गर्भमै थिए । भूकम्पले भत्केको घरले च्यापिएको बेला सो बालकको हजुरआमाले आमाको पेट ब्लेडले काटेर सो बच्चा बाहिर निकालेकी थिइन् । आमाको चाहिँ मृत्यु भयो ।
३) हामी ३३ जना सुरक्षित छौं : सन् २००५ को अगष्ट ५ मा चिलीको अटाकामा मरुभूमिमा रहेको एउटा तामाखानी भास्सिँदा ३३ जना मानिसहरु ७ सय मिटरको गहिराइमा फसे ।
उद्धार टोलीलाई त सुरुमा सो दुर्घटनामा परेका कोही पनि जीवित नरहेको अनुमान थियो । तर पछि के पत्ता लाग्यो भने ती ३३ जना यस्तो स्थानमा थिए जहाँ उनीहरु जीवितै रहने आशा कायमै हुन्थ्यो ।
अगष्ट २२ मा उनीहरु कुन ठाउँमा छन् भन्ने पत्ता लाग्यो । खानीभित्र फसेकाहरुले मेसेज पठाए – हामी ३३ जना शेल्टरमा सुरक्षित छौं । त्यो खबरले उत्साहित भएको उद्धार दललाई अब ड्रिलिंग मेसिनको होसियारपूर्वक प्रयोग गरेर त्यहाँ पुग्नु थियो ताकि त्यहाँ फसेका मानिसहरुमाथि कुनै पनि खालको क्षति नपुगोस् । त्यहाँ एउटा क्याप्सुल पठाएर सबै जनालाई एक एक गरेर बाहिर निकाल्ने योजना बनाइएको थियो । अन्ततः ६९ दिनपछि ती सबै ३३ जनालाई सुरक्षित रुपमा बाहिर निकालियो ।
४) थाइल्याण्डको गुफामा फसेका बालबालिकाहरु : सन् २०१८ को जुन २३ मा थाइल्याण्डको उत्तरी प्रान्त चेंग राईमा १२ जना बालकहरू आफ्ना फुटबल प्रशिक्षकसँगै घुम्नका लागि निस्किएका थिए । अभ्यास खेल सकिएसँगै उनीहरु वर्षातका कारण पानीले भरिएको धानखेत हुँदै पहाड नजिक पुगे । उनीहरुलाई थेम लुगांग गुफाभित्र जानु थियो जुन एउटा चर्चित पर्यटकीय स्थल थियो । उनीहरु केवल फ्लास लाइट मात्र लिएर गुफाभित्र गए । उनीहरुलाई अरु कुनै चिजको आवश्यकता पनि थिएन, किनकि त्यहाँ केवल १ घण्टामात्रै रोकिने योजना उनीहरुको थियो । तर गुफामा अचानक पानी भरियो र उनीहरु बाहिर निस्किन पाएनन् । पानीबाट जोगिनका लागि उनीहरु गुफाको झनै भित्र गए । उनीहरु ढुंगा फोडेर आफ्ना लागि बस्ने मञ्च जस्तो ठाउँ बनाए, जुन गुफाको मुख्य द्वारबाट चार किलोमिटर भित्र थियो । विश्वभरका केभ डाइभर्सहरु ती बच्चाहरुलाई बँचाउनका लागि त्यहाँ पुगे । अन्ततः ९ दिनपछि उनीहरुलाई फेला पारेर उद्धार गर्न सकियो ।
-बीबीसीबाट
प्रतिक्रिया 4