+
+

स्टोरी बैंकमा सर्वोत्कृष्ट ठहरिएको फिल्म ‘काँडेतार’लाई १० लाख प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १२:०८

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर व्यवस्थित गर्नुपर्छ भन्ने विषयको फिल्म ‘काँडेतार’लाई चलचित्र विकास बोर्डले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । शनिबार आयोजित बोर्डको २३ औं वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फिल्मलाई उक्त राशी प्रदान गरिन् ।

स्टोरी बैंक (कथा संग्रहालय)अन्तर्गत ‘काँडेतार’को कथालाई उत्कृष्ट ठहर्‍याउँदै बोर्डले रकम प्रदान गरेको हो । गत वर्ष बोर्डले स्टोरी बैंकका लागि सार्वजनिक रुपमा कथा आह्वान गरेको थियो । नवल खड्का निर्देशित र निर्मित यो फिल्मले नेपालमा विदेशी हस्तक्षेप, सीमा अतिक्रमणविरुद्धको सन्देश दिन्छ । यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ ।

पुरस्कार ग्रहण गर्दै निर्देशक तथा निर्माता खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्मलाई सरकारले सहयोग प्रदान गरेकोमा स्वदेशी फिल्मको प्रवर्द्धनमा सहयोग पुगेको महसुस गरेको बताए । २०७७ सालमा बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणका लागि प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?