+

यूएईविरुद्ध करणले दिलाए सुरुवाती सफलता

२०८० असार  १७ गते १२:५२ २०८० असार १७ गते १२:५२
यूएईविरुद्ध करणले दिलाए सुरुवाती सफलता

१७ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।

यूएईसँगको खेलमा  ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।

कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । अहिलेको खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ ।

करण केसी नेपाल भर्सेस युएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय