
१७ असार, काठमाडौं । काठमाडौंको खुलामञ्चमा विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ ।
विपद् जोखिम न्यूनिकरणका लागि तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस, उपत्यकाका अग्नि नियन्त्रक लगायतको सहभागितामा प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको हो ।
काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागको आयोजनामा अग्नि निवारण तथा सडक दुर्घटना उद्दार सम्बन्धी सामूहिक कृत्रिम प्रतिकार्य अभ्यास गरिएको विभागका देवेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।
बढ्दो दुर्घटनालई लक्षित गरेर उपत्यकाका अग्नि नियन्त्रकहरुलाई तालिम आवश्यक परेकोले सरकारी तथा गैरसरकारी संस्थाहरुसँग मिलेर अभ्यास सञ्चालन गरिएको उनको भनाइ छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4